कथा
सम्बन्धको प्रश्न
जुमन किरण
आजको दिन साह्रै घटिया थियो । हेलमेट फुुकाल्दै मनमनै सोचे । ममिले सोध्नु भो –‘आज चाँडै आइस् त ?’
‘अँ आज चाडै भयो।’ म कोठामा छिरे र सिधै ओछ्यानमा पल्टिए ।
आज दिउसोको घटनाको बारे एकछिन सोचें । राम सोचेको मान्छे नै रावण छ भन्ने कुुरा थाहा पाउँँदा कुुन नारीको आत्मा नआत्तिएला र? डरको एक लहरसँगै आएको उदासीको झोक्काले मेरो मनमस्तिष्कलाई हान्यो । मनमा नानाभाँति कुुराहरुले अड्डा जमाउन थाले । के एक स्त्री पुुरुषको सम्बन्ध भनेको यौनसँग मात्रै जोडिएको हुुन्छ ? के पुुरुषले आपूूmलाई एक महिला सामूू एक मिल्ने साथी, दाजुुभाई वा अभिभावकको रुपमा आपूूmलाई उभ्याउँन सक्दैन ? एउटी महिला कुुनै पुुरुषसँग असल व्यवहार र राम्रो नियतले बोल्दा पनि किन पुुरुष उसलाई मात्र गिद्दे नजरले हेर्छ । मसँग बोल्छे मलाई हिन्स दिन्छे भन्ने कुुरा मात्र सोच्छ ।
मेरो खुुल्ला विचार, नडराई बोल्ने,सबैलाई आफ्नो ठान्ने बानीले बेला बेलामा समस्यामा पार्ने गर्छ । आजकै कुुरा भन्नुु पर्दा जब त्यो मान्छेले आफ्नो असलियत ओकल्योले पछि यतिविध्न घृणा जाग्यो कि म शब्दमा वयान गर्नै सक्दिन् । उल्टी नै आउँँला जस्तो भएको थियो ।
त्यो व्यक्तिसँग चिनाजान भएको करिब एकबर्ष जति मात्र भएको छ । एउटा साहित्यिक कार्यक्रममा हाम्रो भेट भएको थियो । त्यसपछिका प्रायः साहित्यिक कार्यक्रमहरुमा भेट भै रहन थाल्यो । त्यस व्यक्तिको असल व्यवहारले हामी नजिकको साथी भयौं । उमेरको हिसाबले त्यो मान्छे भन्दा म आधा उमेरकी छ् । तर मेरो छबर्षे बच्चादेखि बुुढाबुुढी सबैलाई साथी बनाउँने बानी छ । उसलाई भेट्दा पनि एक असल साथी भेट्टाएकोमा म खुुसी थिए ।
हुुन त प्रायः केटा मान्छेहरु दुुईखुुट्टा उभिएको केटी देख्नै नहुुने टाइपका हुुन्छन् । मर्ने बेलामा पनि कान्छीबुुढि ल्याएर मर्न पाए हुुन्थ्यो भन्ने सोच्छन् भन्ने उखानै छ नि । यी पुुराना सोचहरुबाट ठानेको त्यो व्यक्ति राम्रो अभिनय गर्ने कलाकार पो रहेछ । म हत्तपत्त सजिलै कसैलाई विश्वास गर्ने मान्छे त होइन तर कलाकारसँग कसले सक्छ र ! धोका त खाइहालिन्छ नि । मैले पनि धोका खाएँ ।
सुुनिता मेरीसाथी, स्कुुलदेखि नै हामी सँगै छौँ । घरपनि सँगै अफिस पनि एउटै, एक अर्काका सबै कुुराहरु शेयर गर्छाैँ । म त पहिलेदेखि नै कबिता लेख्थे, अचेल सुुनितालाई पनि कबिता लेख्ने भूूत चढेको छ । साहित्यिक कार्यक्रमहरुमा साथै लिएर जान थालेकी छुु । एकदिन सुुनिता र म अफिसको क्यान्टिनमा गफ गर्दै थियौ । मैले भने –‘ओई तँलाई थाहा छ ? त्यो दारीवाल बुढा त केटी देख्नै नहुुने टाइपको रै छ त ।’
‘को बुुढा ?’ उ जिज्ञासु देखिई ।
‘त्यहि अस्ति शनिवारको कार्यक्रममा भेटेको बुुढा के त ! तँसँग मस्कीमस्की बोलिराथ्यो त, पुुतलीसडकको कार्यक्रममा पनि भेट भाथ्यो नि ।’
अचम्म मान्दै सुुनिताले भनि –‘आम्मै हो र भन्या ! होइन होला कस्तो सोझो, भलाद्मी देखिनुुहुुन्छ त। अरु क्षेत्रका मान्छेहरु त्यस्तो भएपनि साहित्यमा लागेका मान्छेहरु त्यस्तो खराब नियत भएका हुुदैनन् जस्तो लाग्छ । म त अंकल भनेर बोल्छुु, उहाँ पनि नानी भनेर बोल्नुु हुुन्छ ।’
‘के रे त्यो बुुढासँग तँ बोल्नि ग¥या रे ! अबदेखि नबोल त्यो बुुढाले तँलाई ताकी रा छ । तँ अक्कडीलाई भने केही थाहा छैन । रीता दिदीले भन्नुुभाको त्यसले त अरु केटीहरुलाई पनि फसाई सकेको छ रे । ब्लक गर्दिए पनि हुुन्छ त्यो बुुढालाई ।’
बास्तवमै मेरी साथी सुनिता मभन्दा सोझी छे ।
झस्याङ्ग तन्द्राबाट ब्युुझिए, घडी हेरे साँझको सात बज्न लागेछ, कोठाको पर्दा लगाएर म भान्छातिर लागे । ममिले खाना बनाई सक्नुुभएछ । म कफी बनाउँँन लागें, सधै त होइन तर यस्तै दिक्कलाग्दो अवस्थामा चाही पिउन मन लाग्छ । मुुड फ्रेस हुुन्छ नि त । दिउँसोको घटनाले रिस उठी नै रहेको थियो, कफी पिउदै गर्दा बाह्र तेह्रबर्ष अगाडिको एउटा घटना याद आयो ।
मुुख्य कुुरा सुुनाउँनुु अघि केही गन्थन मन्थन भन्छुु ।
एकदिन ठुुलोममिको फोन आयो –‘२४ गते लक्ष्मीको बिहे छ, सबैजना आओ । ’
बिहे अर्काे हप्ता नै थियो । तर स्कुुल छुुट्टी पनि थिएन । फेरी काठमाण्डौँबाट तराई भन्ने बित्तिकै कहाँ जान सक्नुु र पैसापनि त्यति धेरै हुुदैनथ्यो कि अचानक आईपरेको कार्यमा सरिक हुुन सकियोस् । अहिले भएको भए त दुुईतीन घण्टामै पुुग्न सकिन्छ । दिदीको बिहेमा हामी जान पाएनांै। दिदीसँग बिहे गरेको केही समयपछि भिनाजुु विदेश जानुु भो । करिब चारबर्ष पछि भिनाजुु नेपाल फर्कने हुुनुु भो । दिदीपनि भिनाजुुलाई लिन काठमाण्डौँ आउनुु भो । हप्तादिन जति दिदीभिनाजुु हाम्रै घरमा बस्नुु भो । भिनाजुु निक्कै मिलनसार, असल र छिट्टै घुुलमिल भै्हाल्ने स्वभाबको हुुनुुहुुन्थ्यो । त्यसैले भिनाजुुको र मेरो राम्रो बन्डिङ्ग भयो । समय मिलाएर हामी गोदावरी, चिडियाखाना, फनपार्क, पशुुपति, स्वयम्भूू घुम्न गयौं । साथै फिल्म हेर्नपनि गयौँ । पाँच छ दिनमै बर्षौदेखि चिनेको दिदीसँग भन्दा भिनाजुुसँग मिल्ने भइसकेकी थिए ।
दुुई महिनाको बिदा सकेर भिनाजुु फेरी विदेश जान भनी काठमाण्डौँ आउनुु भो र हामै्र घरमा बस्नुु भो । यो पल्ट भिनाजुुको रक्सी र चुुरोट पिउने बानी थाहा पाए । त्यो बेला मपनि भर्खर भर्खर पिउने कला सिक्दै थिएं । दशै र तिहारमा गरेर दुईपल्ट बियर पिइसकेकी थिए । रक्सीले भिनाजुु र मेरो सम्बन्ध झन् राम्रो बनाएको थियो । घरमा ममिलाई म रक्सी पिउँछुु भन्ने थाहै थिएन । तर एकसाँझ भिनाजुुले रक्सी पिएर आउनुु भो, ममीले थाहा पाईहाल्नुु भो, थाहा पाएर पनि के गर्नुु जुुवाई पर्नुु भो । मैले भने ह्या भिनाजुु घरमै लिएर आउनुु पर्छ नि, म पनि खान्थे । आफुमात्र एक्लै खाएर आउने । भोलिपल्ट भिनाजुुले रक्सी र भुुटन ल्याउनुु भो । ममीले मलाई गाली पनि गर्नुु भो । तर हामी सालिभेना नबोली चुपचाप पिइरह्यौं। हाम्रो मित्रता अझ गहिरो भो । भिनाजुु विदेश उड्नुु भो । त्योबेला म फेसबुुक र स्काईप साइबरमा गएर चलाउंथे । दुुईतीन महिनामा एकचोटी त्यही बेला भिनाजुुसँग पनि कुुरा गर्थे ।
दुुई बर्षपछि छुुट्टीमा भिनाजुु फेरी नेपाल आउनुु भो । म एयरपोर्टमा लिन गएँ । उहाँले हामीलाई ब्ल्याङ्केट उपहार ल्याइदिनुु भएको थियो । साथै विदेशी रक्सी पनि थियो । हाम्रो मन मिल्थ्यो, कुुरा मिल्थ्यो । दुुईदिन बसेर उहाँ आफ्नो घर तराई जानुु भो ।
जाडोमा कलेज एक महिना छुुट्टी भयो । दिदीले फोन गर्नुभयो –‘बिदा भए यता आइजो केही दिन बस्ने गरी मलाई पनि सहयोग हुन्छ ।’
उता भिनाजुुले पनि आऊ यता भन्नुभएको थियो । मैले केहीदिन तराई जाने निधो गरे । दुुईदिन पछि कोटेश्वरबाट नाईटबस चढेर तराईतिर लागें ।
माघको महिना तराई फुुङ्ग रङ्ग उडेको उराठलाग्दो चित्र जस्तै थियो । हरियाली थिएन, बाक्लो हुुस्सुु, शीतलहर पनि त उस्तै चल्ने । वातावरण नै दिक्कलाग्दो थियो । तर सम्बन्धको वातावरणमा आकर्षण थियो । आफ्नोपन थियो ।
ठुुलोममिकी छोरी अर्थात् मेरी दिदी, उमेरमा त म भन्दा ५– ६ वर्ष नै जेठी हुुनुुहुुन्छ । तर हामी सानो बेलामा निक्कै मिल्थ्यौ । सानोमा मामाघर जाँदा मलाई साइकल चलाउँन सिकाउने, गुुड्दा गुुड्दैको साइकलबाट कसरी झर्ने, कसरी चढ्ने, गोरुगाडामा पनि चढ्न सिकाउनुु भएको थियो । मेरा वाल्यकालका थुुप्रै रमाइला यादहरु दिदीसँग जोडिएका छन् । दिदी हामी केटाकेटीहरु मध्ये सबैभन्दा जेठी हुुनुुहुुन्थ्यो । दिदी हामीलाई दन्त्यकथा, नेपाली फिल्म, हिन्दी फिल्मका कहानीहरु सुुनाउँनुहुुन्थ्यो । दिदीले यति मिठो तरिकाले सुुनाउँनुुहुुन्थ्यो कि हामीले हलमै गएर फिल्म हेरेको जस्तो महसुुस हुुन्थ्यो । जोक्स्हरु भनेर हँसाको हसाई पनि गर्नुुहुुन्थ्यो । हामी केटाकेटी दिदी कै अगाडि झुुम्मिरहन मन पराउँथ्यौं ।
पहिले त म मामाघर पुुगे । र भोलिपल्टै म मामाको साइकल लिएर दिदीको घर गए । तराईको समथर बाटोमा साइकल चलाउँनुुको मजा बेग्लै । फेरी साइकल चलाउँनुु मेरो रुचि पनि हो । म पहिलोपल्ट जाँदैथिएँ । भिनाजुु अलि वरसम्म लिन आउनुु भो । दिदीको घरमा दिदीकी सासुु, नन्द देवर हुुनुुहुुन्थ्यो । सबैलाई यथोचित अभिवादन गरे । सबैसँग परिचय दिदीले नै गराई दिनुु भो । भोलिपल्टै दिदीको घरमा मकै गोड्ने कार्यक्रम रहेछ । मैले पनि साथ दिएँ। दिदीकी सासुु निक्कै खुुशी हुुनुु भो, उहाँलाई लागेको थियो होला काठमाण्डाँै बस्नेलाई केही काम गर्न आउँदैन । मकै गोड्दा गोड्दै सासुुममीले भन्नुु भो अब सयुुललाई यतै बिहे गरिदिनुु हुुन्थ्यो नि सोल्टी सानै छ, हामी सबैजना मज्जैले हाँस्यौँ । भिनाजुुको भाई म भन्दा निक्कै साना थिए । उहाँहरुले त नगर भन्नुु हुुन्थ्यो तर मलाई बाख्रा मन पथ्र्यो त्यसैले बाख्रालाई सार्ने,लेराउने काम गरिदिन्थे । गार्इृ देखि चाही डर लाग्थ्यो । छेउमा गयो कि हान्न खोज्थ्यो । दिदी भिनाजुु सासुु देखि थुुरथुुर हुुनुुहुुन्थ्यो । तर मसँग त मज्जैले बोल्नुु हुुन्थ्यो । एकचोटी त हामी घुुम्न जाने प्लान बनायौ र भिनाजुुले सयुुल तिमी गएर ममीसँग अनुुमति लिएर आऊ भन्नुु भो । म गएर अनुुमति पनि लिए ।
हामी साली भेना बेलुुकीपख बजार डुुल्न जान्थ्यौ । कहिले बजारमै त कहिले भिनाजुुको अंकलको घरमा ल्याएर रक्सी पिउथ्यौँ । भिनाजुुको घरमा रक्सी पिउने अनुुमति कसैलाई थिएन । बाउनको घर त्यसमाथि दिदीको सासुु कडा स्वभाबकी हुुनुुहुुन्थ्यो । वरपरका छरछिमेकीहरुले को पाहुुना भनेर सोधी हाल्थे। ’बुुहारीकी सानिमाकी छोरी काठमाण्डौँबाट आकी ।‘ यहि परिचय थियो सबैसँग मेरो । हामी सालीभेना एकछिन घरमा नबसी साइकलमा यताउती डुुलिरहन्थ्यौँ ।
म दिदीको घर गएको पनि छ सात दिन भइसकेको थियो । हुुन त यी गाउँलेका अरु के नै काम छ र? अर्काको कुुरा काट्ने सिवाय, चाहिएको नचाहिएको कुुरा ग¥यो अरुको चियोचर्चाे ग¥यो बस्यो । हामी साइकलमा कतै जाँदै थियौ । भम्रमा नपर्नुुहोला तराईमा प्रायः सबैको व्यक्तिगत साइकल हुुन्छ ।
भिनाजुुले भन्नुु भो –‘गाउँलेहरुले त सागरेले त साली पनि यतै राख्न आँट्यो जस्तो छ भन्दै कुुरा काट्छन् त!’
मैले भने– ‘गाउँलेको अरु कामै के र ? तपाईले त्यस्तो नसोच्नुु पुुगिहाल्यो । कि त्यस्तै भावना छ तपाईमा पनि ?’ भन्दै ठुुलो स्वरमा कराए ।
भिनाजुु हाँसीमात्र रहनुु भो । गाउँलेले कुुरा काट्दैमा केही त हुुनेवाला थिएन । दिदीलाई मेरो बारेमा थाहा छदैथियो । एक साँझ हामी सालिभेना डुुलेर फर्कियौ । हिजोअस्तिको भन्दा त्यो दिन अलि ढीला भएको थियो । हुु न त छ पनि बजेको थिएन । सबैजना खाना खाईरहनुु भएको थियो । दिदीले हामीलाई पनि खाना पस्किदिनुु भो । हामी मुुढामा बसेर खादै थियौ ।
दिदीको सासुले भन्नुु भो –‘सागरेले सालीलाई पनि यतै राख्ने भो भन्दैछन् त, के हो तिमीहरुको पारा ? कि साच्चै राख्नै लागिस् सागर ?’
हामी सबै चुुपचाप खाईरहेका थियौ । भिनाजुु जुुरुक्कै उठ्नुु भो र भन्नुुभयो– ‘सयुुल मेरो साली होइन, सालो भाई हो म उसको दाजुु हँुु ,तपाईहरु जे पायो त्यही नभन्नुु नि । गाउँलेको त कामै अरुको कुुरा काट्ने हो ।’
यति भनेर भिनाजुु रिसाउँदै भातको थालै फालेर जानुु भो । भिनाजुुको काकी भाडा माझ्नै छोडेर हामीलाई हेर्दै हुुनुुहुुन्थ्यो । सासुु केही बोल्नै सक्नुु भएन । केही दिन त्यहाँ बसेर म फर्किए ।
बर्षाै बितिसक्यो यो घटना भएको पनि, चाहे जेसुुकै होस् भिनाजुुप्रतिको सम्मान कहिल्यै कम भएको छैन । त्यो बेला भिनाजुुले मेरो लिङ्ग परिवर्तन गर्न खोज्नुु भएको थिएन । समाजको साली आधी घरवाली भन्ने सोच परिवर्तन गर्न खोज्नुु भएको थियो । सबै केटा मान्छे त्यस्ता हुुदैनन् भन्ने विश्वास दिनुु भएको थियो । तर आजको घटनाले त्यो मेरो विश्वास भत्किएको छ ।