
काभ्रे , भुम्लु । नेपाल कम्यूनिष्ट पार्टी (एमाले)काभ्रेले विभिन्न स्थानीय तहको अधिवेशन धमाधम गर्दैछ ।
पार्टीको सदस्यता कार्ड डिजिटल प्रविधि प्रयोग गरि तयार पारेर वितरण गरिएको बताइएको छ । यसै क्रममा भुम्लु गाउँपालिका वडा नं.९ मा वडा अधिवेशनमा नेकपा एमाले जिल्ला पार्टी सचिव राजकुमार सापकोटाले प्रमुख अतिथिको रुपमा सहभागी हुँदै डिजिटल पार्टी सदस्यता कार्ड समेत वितरण गरे ।

एमालेले आफ्नो सदस्यता कार्डलाई डिजिटल रुपमा तयार गरी देशभरी वितरण गर्ने अभियान चलाइरहेको सचिव सापकोटाले इ खबर नेटलाई जानकारी दिए । उनले काभ्रेमा भुम्लुबाट थालनी गरिएको डिजिटल कार्ड जिल्लाभर आफ्ना सदस्यलाई क्रमशः वितरण गर्ने पनि बताए ।
भुम्लु ९ मा एक सय ११ जना पार्टी सदस्यहरुलाई डिजिटल कार्ड वितरण गरिएको छ ।
पार्टीका जिल्ला सचिव राजकुमार सापकोटाको प्रमुख आतिथ्य तथा जिल्ला कमिटि सदस्य टिकाराम लामा,युवासंघ जिल्ला सचिवालय सदस्य राजेन्द्र लामा,आदिवासी जनजाति महासंघ,बागमती प्रदेश कमिटि सचिव कान्छाराम लामा समेतको आतिथ्यमा उक्त वडा अधिवेशन भएको हो ।
उक्त अधिवेशनले जीवन कुमार लामाको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटि निर्विरोध चयन गरेको छ ।
आगामी पौष २२ गते भुम्लुगाउँपालिका कमिटिको अधिवेशन हुने बताइएको छ ।





