काठमाडौं । मौसममा बदली भएसँगै नेपालमा पुनःचिसो बढ्न सुरु भएको छ । गत मङ्सिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर विस्तारै घटेकामा सोमबारदेखि पुनः चिसो बढ्न थालेको छ ।
मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस रहेको छ । यसअघि पुस ४ गते काठमाडौंको तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस थियो ।
यस्तै सोमबार जुम्लाको न्युनतम तापक्रम माइनस ७ दशमलव ८ डिग्री सेल्सियस पुगेकामा पुस ४ गते त्यहाँ माइनस ७ दशमलव २ डिग्री सेल्सियस थियो ।
पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै पूर्वतिर फैलिँदै गरेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले वर्षा भने भइसकेको छैन । राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा हल्ला वर्षा हुनसक्ने सम्भावना रहेको पनि महाशाखाले बताएको छ ।
अन्य क्षेत्रमा पनि न्युनतम तापक्रम घट्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।