
काठमाडौं ।परराष्ट्र मन्त्री आरजु राणा देउवा भारतको दिल्ली पुगेकी छन् ।
परराष्ट्र मन्त्री राणालाई नयाँ दिल्लीमा नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका छन्।
उनी शुक्रबार दिल्लीमा हुने इन्डो-नेपाल इकोनोमिक कन्फरेन्स सहभागी हुनेछिन्।
यसैगरी परराष्टमन्त्री राणाले पुस ६ गते आफ्नो स्वास्थ्य फलोअप गर्ने कार्यक्रम पनि छ। दिल्लीमा परराष्ट्र मन्त्री राणाले भारतीय विदेश मन्त्री एस जयशंकरसँग पनि भेट्ने सम्भावना छ।




