
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने भएको छ।
शुक्रबार बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले केन्द्रीय समिति बैठक पुस २१ मा बोलाउने निर्णय भएको बताए।
उनकाअनुसार केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न पुस १८ देखि २० गतेसम्म स्थायी कमिटी बैठक पनि बस्नेछ।
मंसिर मसान्तभित्र खबरदारी सभा र पालिका सम्मेलन गर्ने भने पनि विभिन्न कारणले सम्पन्न हुन नसकेको उनले बताए।
शुक्रबारको स्थायी कमिटी बैठकमा मंसिर १६ मा भएको स्थानीय तह उपनिर्वाचनबारे समीक्षा पनि भएको उनले बताए। सापकोटाका अनुसार जनता केन्द्रित हुन निर्वाचनले सन्दे्श दिएको छ ।





