काठमाडौं । गत आइतबार भएको उपनिर्वाचनबाट निर्वाचित काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन शाहले शपथ ग्रहण गराएका छन् ।
मंगलबार आयोजित एक कार्यक्रमका बिच मेयर शाहले नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा उपमेयर सुनिता डंगोललगायतको सहभागिता थियो भने सो क्रममा श्रेष्ठलाई बधाई तथा शपथ कार्यकालको शुभकामना दिइएको थियो ।
काठमाडौं–१६ बाट निर्वाचित नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि यहाँ उपनिर्वाचन भएको हो ।