
उदयपूर । त्रियुगा- १२ मा नेकपा माओवादी केन्द्र नविन कुमार वान्तवा राईले जीत हासिल गरेका छन् ।
उनले ९ सय २३ मतसहित विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मी नाराण चौधरीले ६ सय ८ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसका संजिव काफ्लेले३ सय ५९ मत प्राप्त गरेका छन्।
यस अघि नेपाली कांग्रेसले यो वडा जितेको थियो ।




