
काठमाडौं । बाह्रखरी अनलाइन मिडियाले आफ्नो कथा प्रतियोगिताको छैठौं संस्करण अन्तर्गतको नतिजा घोषणा गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कथाकार विष्णु पादुकाको ‘माग्युद् खोना’ शिर्षक कथा सर्वाेत्कृष्ट भएको घोषणा गरियो । ।
छैटौँ संस्करणको डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगितामा कथाकार प्रमेय भण्डारीको कथा ‘कृतिम सपना’ द्धितीय स्थानमा रह्यो भने विवेक धिमालको ‘मैले देखेको विद्यालय’ तृतिय पुरस्कार जित्न सफल भयो । प्रथम, द्वितीय र तृतीय हुने कथाकारले क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
आइतबार काठमाडौंमा बाह्रखरी मिडियाद्वारा आयोजित विशेष समारोहमा विजेता घोषणा गरिएको हो ।

प्रथम, द्वितीय र तृतीय हुने कथाकारले क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रा.डा.ज्ञानु पाण्डेको संयोजकत्वमा डा. गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि रहेको मूल्याँकन समिति बनाइएको थियो ।
बाह्रखरी मिडियाले आयोजना गरेको प्रतियोगितामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट नेपाली कथाकारका ९३७ कथा प्राप्त भएको थियो । ति मध्येबाट मूल्याँकनको आधारमा २५ कथा छानिएको आयोजकले बताए ।
सोही कार्यक्रममा २५ उत्कृष्ट कथाकारहरुलाई सम्मानित पनि गरियो । यसरी उत्कृष्ट २५ कथाकारहरु वर्णानुक्रमको आधारमा क्रमशः अनिता पन्थी,अप्सरा चौलागाई,चेतनाथ आचार्य,जीतबहादुर कटुवाल,तोयम,दीक्षित केसी,दुर्गा ढेंगा,देवेन्द्र खापुङ,ध्रुव अधिकारी,प्रमेय भण्डारी,भागवत खनाल,भूमिका थारु,मधुर भट्टराई,महेन्द्र महक,मिरमा,रमेशजंग थापा,राधिका कल्पित,ललिता दोषी,विमला तिवारी,विवेक धिमाल,विष्णु पादुका,सपना अधिकारी,सुदिप चापागाई,हर्कबहादुर लामगादे ‘रोहित’,डा.हिमलाल श्रेष्ठ रहेका थिए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ सहितका अतिथिहरुले नगद पुरस्कार राशी,ट्रफी ,प्रमाणपत्र वितरण गरे ।

सोही कार्यक्रममा बाह्रखरी उत्कृष्ट कथा २०८१ पुस्तकको प्रमुख अतिथि गुरुङले लोकार्पण गरे । आख्यानकार नयनराज पाण्डेले सम्पादन गरेको उक्त कृतिमा उत्कृष्ट २५ कथाहरु समावेश गरिएका छन् ।
प्रा.डा.ज्ञानु पाण्डेको संयोजकत्वमा डा. गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि रहेको मूल्याँकन समिति बनाइएको थियो । यो कृतिलाई फाइन प्रिन्टले प्रकाशनमा ल्याएको हो ।
आख्यानकार नयनराज पाण्डे,प्राडा.ज्ञानु पाण्डे,कन्दरा व्याण्डका विवेक श्रेष्ठ लगायतले आआफ्नो धारणा राखेको उक्त कार्यक्रम सञ्चारकर्मी राजेश खनालको सञ्चालनमा भएको थियो ।





