पनौती,काभ्रे । काभ्रेजिल्लाकै ठुलो सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक र लेखा समितिका पदाधिकारी सहित सदस्यहरु निर्विरोध चयन गरेको छ ।
अध्यक्ष पदमा मुकुन्द शर्मा वाग्ले निर्विरोध निर्वाचित भएको निर्वाचन उप–समितिले जानकारी दिएको हो ।

यसैगरी बरिष्ठ उपाध्यक्षमा सुर्य मानन्धर निर्विरोध भएका छन् । महिला उपाध्यक्षमा भवानी थापा र देवलक्ष्मी स्याउलाले उम्मेदवारी दर्ता गरेको भए पनि स्याउलाको उम्मेदवारी निर्वाचन ऐन विपरित भएकाले खारेज भएको छ । भवानी थापा निर्विरोध भएकी छिन् । सचिव पदमा सरोजकुमार तिमल्सिना निर्विरोध भएका छन् । कोषाध्यक्षमा कृष्ण थापा निर्विरोध भएका छन् ।
संचालक सदस्यहरुको खुल्ला पदमा कौशलराज खड्का, भैरवप्रसाद सेढाँई, विकास पन्त, मदन खकुरेल, रामकृष्ण घिमिरे, रामप्रसाद तिमल्सिना, रामेश्वर शर्मा वाग्ले, श्याम सापकोटा निर्विरोध भएका छन् ।
महिला सदस्य निर्विरोध हुनेहरुमा संगिता खड्का, बविता बोहोरा, देवकी आचार्य र अनिता कार्की छन् । संचालक सदस्य दलित तथा जनजातीमा सुस्मिता नेपाली निर्विरोध भएकी छिन् ।
त्यस्तै लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा राजन श्रेष्ठ निर्विरोध भएका छन् । सदस्य पदमा भिमप्रसाद बञ्जारा निर्विरोध भएका छन् । महिला सदस्यमा उम्मेदवार कायम हुन सकेन । उक्त पद पछि संचालक समितिले मनोनित गर्ने वताइएको छ ।




