काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका निम्ति हुन लागेको उपनिर्वाचनमा सहभागी प्रमुख राजनीतिक दलका साथै स्वतन्त्र उमेदवारहरूले प्रचारप्रसार र घरदैलो अभियानलाई तीव्रता दिएका छन् । मेयर पदका उमेदवारहरूले मतदाताका घरघरमा पुगेर आफ्ना एजेन्डका बारेमा जानकारी गराउँदै मत मागिरहेका छन् ।
नेकपा (एमाले) नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र),रास्वपा,, नेमकिपालगायत दलका साथै स्वतन्त्र उमेदवारहरूमध्ये केही घरघरमा पुगेका छन् ।
केहीले चोकचोकमा सभा गरिरहेका छन् । केही उमेदवारले साइकल र्याली गर्दै प्रचारप्रसार गरिरहेका छन् ।
कीर्तिपुर नगरको मेयरका निम्ति एमालेका तर्फबाट सुरेन्द्र मानन्धर, कांग्रेसका कृष्णमान डंगोल, माओवादी केन्द्रका तर्फबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जनलगायत केही व्यक्तिले स्वतन्त्र उमेदवारी दिएका छन् ।