काभ्रे । काभ्रे उद्योग वाणिज्य संघको ४२औँ चुनावी अधिवेशनबाट प्रताब वैद्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको साधारण सभा तथा अधिवेशनमा मतदान प्रक्रिया बाटले अध्यक्षमा प्रताव वैद्य निर्वाचित भएका छन् ।
वैद्यले ४ सय ८७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राजन मानन्धरले ३० मत कम अर्थात ४ सय ५७ मत पाएका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा रविन्द्र वैदार ६ सय ४३ मतका साथ बिजयी भएका छन् । उनका प्रतिस्पर्धी ग्रुवेन तौजलेले ४ सय २ मत पाए । उपाध्यक्षमा उमेश रत्न शाक्य र सुरेस भक्त भोछिभोया बिजयी भएका छन् । उनीहरुले क्रमश ४ सय ५३ र ५ सय १२ मत प्राप्त गरेका थिए ।
यसरी महासचिवमा ५ सय ६९ मतका साथ रजित पलाञ्चोके निर्वाचित भएका छन् । कोषाध्यक्षमा मानकाजी प्रधानले ५ सय २४ मत पाएर विजयी बने ।
मुख्य संयोजकमा विज्ञान धौगोडा, सचिवमा ५ सय ७८ मत सचिवमा कृष्णलाल श्रेष्ठ ५ सय ७८ सह सचिवमा रामकुमार श्रेष्ठ ५ सय ९४, सह कोषाध्यक्षमा श्याम कुमार भालु (मुनाल) ५ सय ४९ र सहमुख्य–मुख्य संयोजकमा रवि तौजले ५ सय ३० मतका साथ विजयी भएका छन् । यस्तै कार्य समिति सदस्यहरु १० जनापनि चुनावी प्रतिस्पर्धा बाट आएका छन् ।