काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को खेल तालिका सार्वजनिक भएको छ।
मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने प्रतियोगिताको पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। सो खेल मध्यान्ह १२:१५ मा हुनेछ।
त्यसपछि दिनको दुई खेल हुनेछन्। पहिलो खेल बिहान सवा ९ र दोस्रो खेल दिउसो सवा १ बजे हुनेछन्।

नेपाल प्रिमियर लिगमा सहभागी आठ टोली एक अर्कासँग भिडेपछि प्लेअफ हुनेछ।
शीर्ष २ मा रहने टोली क्वालिफायरमा पुग्नेछन् भने तेस्रो र चौथो हुने टिम एलिमिनेटरमा भेट्नेछन्।
फाइनल खेल पुस ६ मा हुनेछ।





