काठमाडौं । स्थानीय तहको उपनिर्वाचनको लागि पूर्व निर्धारित निर्वाचन कार्यतालिका अनुसार कुनैपनि उम्मेदवार उपर दावी विरोधको उजुरी दिन सकिनेछ ।
निर्वाचन आयोगले उम्मेदवारमाथि उजुरी दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेमसम्मको समय तोकेको छ।
आज सोमबार नै अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
