
काठमाडौं । नवनिर्वाचितअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक हकाबीलाई इजरायलका लागि अमेरिकी राजदूतमा नियुक्त गरेका छन् ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपतिले इजरायलका लागि अमेरिकी राजदूतको नाम सार्वजनिक गर्दै माइक हकाबीलाई इजरायलका लागि अमेरिकी राजदूतको रूपमा मनोनीत गरेको बताए ।
हकाबी इजरायलको समर्थक मानिन्छन् । उनी अर्कान्ससका पूर्व गभर्नर हुन् ।



