
काठमाडौं । दैलेखको महाबु गाउँपालिका अध्यक्षको उपनिर्वाचनको पूर्वसन्ध्यामा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य नेकपा एमाले प्रवेश गरेका छन् ।
एकीकृत समाजवादीका केन्द्रीय सदस्य जंगबहादुर शाही मंगलबार एमाले प्रवेश गरेका हुन् ।
एमालेको स्थायी कमिटी सदस्य यामलाल कँडेलले पार्टीमा स्वागत गरे । उनी ०७४ को निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्ष जितेका थिए । एकीकृत समाजवादीबाट उमेदवार बनेका शाही २०७९ को निर्वाचनमा भने पराजित भएका थिए ।

