
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
स्थानीय तह उपनिर्वाचनको तयारी र उम्मेदवारीलाई अन्तिमरूप दिन एमालेले कात्तिक २४ गते बिहान ११ बजे सचिवालय बैठक बोलाएको छ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय उपनिर्वाचनको तयारीबारे छलफल हुने बताइएको छ ।
कात्तिक २२ गतेभित्र उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याउन मातहतका कमिटीलाई निर्देशन दिइसकेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।



