egg
काठमाडौं । बजारमा फेरि अण्डाको मूल्य बढेको छ।
व्यवसायीहरूका अनुसार माग अनुसारको उत्पादन नहुँदा मूल्य बढेको हो।
आजबाट लागु हुने गरी प्रतिक्रेट २० रूपैयाँका दरले मूल्य बढेर आएको छ । तिहारमा अण्डाको माग धेरै हुन्छ। दसैंमा अण्डाको खपत कम भएर मूल्य घटाइएको थियो।
हाल बजारमा मध्यम, ठूलो, एक्सेल गरी तीन आकारका अण्डा पाइन्छ। अब किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय ६०, ठूलो अण्डा चार सय ५७ र एक्सेल अण्डा पाँच सय ४ सय ९० रूपैयाँ तोकिएको छ।

