काठमाडौं । दशरथ रंशगालामा भएको खेलमा नेपालले माल्दिभ्समाथि गोलको वर्षा गर्ने क्रममा ११-० गोलको जित निकाल्यो।
नेपालको जितमा रेखा पौडेलले पाँच गोल गरिन्।
प्रिति राईले पनि ह्याट्रिक पूरा गरिन्। उनले खेलको पाँचौं, ६५ र ६७ मिनेटमा गोल गर्न सफल भइन्। यस्तै सविता राना मगरले २८ मिनेट, अनिता केसीले ६८ मिनेट र अमिषा कार्कीले ८८ मिनेटमा गोल गरे।
एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा चार गोल गर्दा दोस्रो हाफमा सात गोल गरेको थियो।
अब नेपालले समूहको अन्तिम खेलमा बिहीबार श्रीलंकासँग खेल्नेछ। सो खेलमा बराबरी खेल मात्र नेपाल सेमिफाइनलमा पुग्नेछ।