
काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।
बैठक आज पौने १२ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । साथै विपद् व्यवस्थापनमा पार्टीले खेल्ने भूमिका, पार्टीको संगठन सुदृृढीकरण, स्थानीय तहको उपनिर्वाचन आदिका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।



