काठमाडौं । बलिउड अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज भएका छन्।
उनलाई १ अक्टोबरमा खुट्टामा गोली लागेर अस्पताल भर्ना गरिएको थियो। आफ्नो लाइसन्स प्राप्त रिभल्भर सफा गर्दै गर्दा अचानक बन्दुक हातबाट खसेर फायर भएको थियो। उनी ३ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।