
काठमाडौं । धानमन्त्री केपी शर्मा ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसबीच भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिका पुगेका दुई नेताहरु बिच भेटवार्ता भएको हो।
प्रधानमन्त्री ओलीको सचिवालयले दिएको जानकारी अनुसार भेटवार्तामा उनीहरूबीच नेपाल- बंगलादेश आपसी सम्बन्ध, ऊर्जा तथा पारवहन सहयोग लगायतका विभिन्न विषयहरूमा कुराकानी भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।




