
काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनी आज अस्पतालबाट घर फर्किएको खनालको सचिवालयले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार (कात्तिक १) दिउँसो उनलाई ह्याम्स अस्पताल लगिएको थियो । उनको स्वास्थ्य अवस्थामा सुधार भएको बताइएको छ ।
