
काठमाडौँ।यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट पूर्ण रूपमा बाहिरिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुन नेपालबाट बाहिरिएको हो।
नेपालमा मनसुन बाहिरिने सरदर (औसत) मिति अक्टोबर २ भएता पनि यस वर्ष १२ दिन ढिलो गरी मनसुन बाहिरिएको महाशाखाले जनाएको छ।
नेपालबाट मनसुन प्रणाली बाहिरिए तापनि स्थानीय वायु र पश्चिमी वायुको प्रभाव अझै रहन सक्ने भएकाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचनाको जानकारी लिन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
यसअघि गत असोज १७ गते (अक्टोबर ३) का दिन सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट मनसुन बहिर्गमनको सुरूआत भएको थियो। आज असोज २८ गतेसम्म आइपुग्दा मनसुन देशैभरिबाट बाहिरिएको छ।

