
काठमाडौँ । नेपाली कांग्रेसको आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी भएका छन् ।
उनले ३२४५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन् ।
आदिवासी जनजाति महिला सदस्यतर्फ ३४ उमेदवार रहेकोमा आठजना निर्वाचित भएका छन् । खुलातर्फ १२ पदका लागि ४१ जना उमेदवार थिए ।
जनजाति महिलातर्फ गीता गुरुङ २८५९, डा। गंगालक्ष्मी अवाल २७६८, रेणुका काउछ मगर २३९२, सपनाराज भण्डारी जोशी २३५१, सीताकुमारी राना मगर २१३२, प्रमिला राई २०२०, लिलादेवी बोखिम लिम्बू १६८१ र पुनम लामाले १६३६ मत प्राप्त गरेका छन् ।
पुरुषतर्फ तीर्थ लामा ४४२५, अनुप श्रेष्ठ २५५१, डा. प्रेमध्वज लामा २५०५, कर्मा छेरिङ शेर्पा २४०६, टेकप्रसाद गुरुङ २०९०, भीम श्रीस मगर २०४६, रामकृष्ण चित्रकार १९८२, बुद्ध लामा १९५६, गेल्जे लामा शेर्पा १८१९, वंशलाल तामाङ १७५६, अमृत गुरुङ १६८९ र सुशील गुरुङ १६४४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।



