
काठमाडौँ । कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सो सभाबाट सामान्य प्रस्तावको रूपमा पेस गरिएको आ.व. २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आ.व. २०८२/८३ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरिएको छ ।
साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीहरूका लागि प्रस्ताव गरिएको कुल २.१०५३% (करसहित) लाभांश पारित गरेको छ ।
विगत २५ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २७९ शाखा सञ्जाल, २९४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखा रहित बैंकिङ ईकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको जनाएको छ ।


