
काठमाडौँ । नजिकिँदै गरेका दसैँ, तिहार र छठलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल गर्न यातायात व्यवस्था विभागले सरोकारवाला निकायहरूको बैठक बोलाएको छ ।
विभागले सोमबार एक पत्र जारी गर्दै चाडपर्वको समयमा काठमाडौं उपत्यकाबाट बाहिर जाने र बाहिरी जिल्लाहरूबाट काठमाडौं उपत्यका प्रवेश गर्ने यात्रुहरूको यात्रालाई सहज र सुरक्षित बनाउन अग्रिम टिकट बुकिङबारे निर्णय गर्न सरोकारवालाहरूलाई आमन्त्रण गरेको हो ।

वारी अनुगमन, मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाकी अधिकृत प्रतिमा ढकालद्वारा हस्ताक्षरित पत्रअनुसार उक्त बैठक असोज २० गते मंगलबार दिनको ११ बजे विभागको मीनभवनस्थित सभा हलमा बस्ने तय भएको छ ।
