
काठमाडौँ। अन्तिम समयको गोलले म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई १–१ को बराबरीमा रोकेको छ ।
आइतबार क्रेभन कटेजमा पाहुना टोली युनाइटेडका लागि म्याथ्युज कुन्हाले गोल गर्दा फुलहमलाई आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३औँ मिनेटमा लिसान्द्रो मार्टिनेजबाट आत्मघाती गोल हुन पुग्दा फुलहमले अग्रता लिएको थियो ।
हारतर्फ उन्मुख खेलको अन्तिम समयमा कुन्हाले गोल गर्दै फुलहमबाट अंक खोसे ।
यो नतिजासँगै पाँच खेलमा पाँच अंक जोडेको युनाइटेड १२औँ स्थानमा छ ।


