
काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले उक्त प्रतिवेदन पेस गरे। नेपालको संविधानको धारा २५४ बमोजिम आयोगले हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
उक्त अवसरमा राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरू र आयोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

