
काठमाडौँ । सरकारले १ असोजदेखि लागु हुने गरी सार्वजनिक सवारीसाधनको दर्ता खुला गरेको छ ।
यातायात व्यवस्था विभागका अनुसार अहिलेका लागि काठमाडौं उपत्यका बाहिर मात्र दर्ता हुने गरी विद्युतीय सार्वजनिक सवारीसाधन (ईभी) लाई प्राथमिकता दिई सवारी दर्ता खुला गरिएको हो ।
काठमाडौँ उपत्यका भित्रका हकमा भने स्कुल बस र सट्टाभर्ना गर्न चाहने सवारीसाधनका हकमा मात्र सार्वजनिक सवारीसाधन दर्ता खुलेको हो । विभागले सबै प्रदेश सरकारलाई सोही अनुसार सवारीसाधन दर्ता गर्न सूचित गरेको छ ।
सरकारले ७ जेठ २०८३ देखि लागु हुने गरी दर्ता रोकेको थियो

