
काठमाडौँ। वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार अपराह्न ४ बजे बस्नेछ ।
प्रधानमन्त्री कार्यालयका अनुसार, बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमाथि छलफल एवं आवश्यक निर्णय हुने जनाइएको छ ।



