
काठमाडौं । काठमाडौँको टोखा नगरपालिका–६ स्थित धापासीको एक घरमा लागलागी भएको छ। घटनास्थलमा रहेकी टोखा नगरपालिका–६ की वडाध्यक्ष शान्ता खनालका अनुसार भाइकाजी श्रेष्ठको पक्की घरमा आगलागी भएको हो ।
उनका अनुसार, आज साँझ ५ बजेको समयमा ग्यास लिक हुँदा आगलागी भएको थियो । ठूलो कम्पाउन्डमा घर भएको कारण अन्य घरमा भने क्षति नपुगेको वडाध्यक्ष पौडेलले बताए ।
घरका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। ८ वटा दमकल, ८ वटा पानी ट्याङकरसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका र टोखा नगरपालिकाका नगर प्रहरी, स्थानीय बासिले आगलागी नियन्त्रणमा लिएका छन्।



