
काठमाडौैँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र हाल देशभर चिसो बढ्ने क्रममा रहेको छ ।
आइतबार (कात्तिक १) बिहान पौने ९ बजे काठमाडौैँको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोही समयमा शनिबार (असोज ३१) काठमाडौैँको न्यूनतम तापक्रम १३.८ र शुक्रबार (असोज ३०) १५.० डिग्री मापन गरिएको थियो ।
यस दिन बिहान महाशाखाले सार्वजनिक गरेको १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –०.५ डिग्री छ । जुम्लाको न्यूनतम तापक्रम शनिबार १.५ र शुक्रबार ३.० डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।
आइतबार ओखलढुंगाको न्यूनतम तापक्रम ६.२, डडेलधुराको ९.९, ताप्लेजुङको १३.७, वीरेन्द्रनगरको १४.३, दिपायलको १५.५, धनकुटाको १५.६, घोराहीको १७.०, पोखराको १७.५ डिग्री सेल्सियस मापन गरिएको छ ।
महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ मा मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

