BANGI, MALAYSIA - AUG 31: Pictures from the match between Bahrain and Nepal held at the YSD UKM Oval on August 31, 2026 in Bangi, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौँ । ओमानमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत शनिबार भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ ।
ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा भएको खेलमा २५७ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमै सबै विकेट गुमाएर २३२ रनमा अलआउट भएको हो । ओपनर अर्जुन कुमालको सानदार ब्याटिङ अनी करण केसीको प्रयासका बावजुतका पनि नेपाल २४ बल अगावै अलआउट भएको हो ।सिरिज अन्तर्गत सुरुवाती दुई खेल जित्दै शीर्ष ६ को सम्भावनालाई बलियो बनाएको नेपाल यो हारपछि ८ टोली सम्मिलित लिग २ को अंकतालिकामा सातौं स्थानमा झरेको छ । सबै ३६ खेल नै खेलिसकेको क्यानडा भने २९ अंकसहित नेपाललाई उछिन्दै छैटौं स्थानमा उक्लेको छ ।
अब नेपालले शीर्ष ६ मा अटाउन अन्तिम खेलमा घरेलु टोली ओमानलाई हराउनुपर्नेछ । लिग २ को शिर्ष ६ मा पर्ने टोलीले ओडिआई मान्यता कायमै राख्ने सम्भावना धेरै रहेकोले पनि नेपालले अब अन्तिम खेल जित्नुपर्ने छ ।
यसअघि नै शीर्ष ४ को होडबाट बाहिरिसकेको नेपाल २०२७ को वानडे विश्वकपको छनोटमा सिधै पुग्न असफल भएको छ । अब नेपालले विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ क्वालिफायरको सहारा लिनुपर्नेछ ।२५७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि पनि युवा ओपनर अर्जुन कुमालले सानदार ब्याटिङ गरे । ओडिआईमा पहिलो शतक बनाउनबाट १३ रनले मात्र चुकेका अर्जुनलले राम्रो सम्भावना देखाएका छन् । उनले ११२ बल खेल्दै ४ चौका मदतमा ८७ रन बनाए । ४१ ओभरसम्म क्रिजमा टिकेका अर्जुनलाई अन्य खेलाडीले राम्रोसँग साथ दिन सकेनन् । एक्लै संघर्ष गरेका अर्जुन आउट भएपछि नेपालले बाँकी विकेट लगातार गुमाएको थियो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २७, इशान पान्डे र गुल्शन झाले समान २१ तथा आसिफ शेखले २० रन बनाए । करण केसीले अविजित १७ रन जोडे ।
करणले एक छेउबाट इनिङ्स सम्हालेपनि नेपालले ४६औं ओभरमै ३ विकेट गुमाएपछि अलआउट भयो । क्यानडका शिल पटेलले नन्दन यादव र ललित राजवंशीको विकेट लिँदा सन्दीप लामिछाने रनआउट भए ।
क्यानडाका लागि सुदजिन्दर सिंहले ३ तथा कलिम साना र शिल पटेलले २(२ विकेट लिए ।
