
काठमाडौँ । भोटेकोशी बाढीको प्रभाव अध्ययन गर्न गठित संसदीय विशेष समितिको बैठक आज बिहान ९:०० बजे बस्ने भएको छ।
संसद् सचिवालय भवन नं. १ स्थित कोठा नं. ४११ मा रहेको सार्वजनिक लेखा समितिको हलमा बैठक आह्वान गरिएको छ।
आजको बैठकमा गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात (पूर्वाधार विकास) मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिहरूसँग छलफल गर्ने मुख्य एजेन्डा रहेको छ। बाढीले पुर्याएको क्षति, राहत तथा पुनर्निर्माण प्रयास र कानुनी एवम् पूर्वाधार सम्बन्धी भावी रणनीतिबारे छलफल गर्न समितिले सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरेको छ।



