
काठमाडौँ । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् ।
बैठक आज मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।
सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि सिफारिस लगायतका विषयमा छलफल गर्न परिषद् बैठक बस्न लागेको स्रोतले बतायो ।
सर्वोच्च अदालतमा हाल चार न्यायाधीश पद रिक्त छन् ।

