
काठमाडौं । सम्पत्ति छानबिन आयोगका पदाधिकारीले भोटेकोसी बाढीपीडितका लागि १० दिनको तलब सहयोग गरेका छन् ।
आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारी, सदस्यहरू पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, गणेश केसी र प्रकाश लम्सालले पीडित परिवारलाई १० दिनको तलब बराबर रकम सहयोग गरेका हुन् ।
आयोग प्रवक्ता समेत रहेका सदस्य केसीले पदाधिकारीबाहेक अन्यले आफ्ना तर्फबाट निजी रूपमा पीडितका लागि ५० हजार रुपैयाँ प्रदान गरेको जानकारी दिए ।


