
काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएका छन् ।
रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउन उनले एक महिनाको पारिश्रमिकबापतको रकम कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

