
काठमाडौँ । अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटक निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि बीच बाटोबाटै यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन् ।थोराङ्ला भञ्ज्याङ पार गर्दै मुस्ताङ, पोखरालगायत गन्तव्यमा पुग्ने योजनामा आएका पर्यटक मौसममा आएको खराबी र बढ्दो जोखिमका कारण मनाङबाटै फर्किन थालेका हुन् ।पछिल्लो समय मौसम प्रतिकूल बनेसँगै पर्यटकको आवागमन घटेको छ ।
अहिले एक–दुई जना पर्यटक मात्रै मनाङतर्फ जाने गरेका छन् भने अधिकांश पर्यटक लमजुङतर्फ फर्किन थालेका छन् ।




