
काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी रहनेछ ।
एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिन पनि ललितपुरको भनिमण्डलस्थित रामबहादुर महलमा बिहान ९ बजेबाट सुरु हुँदै छ ।
बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम आज पनि जारी रहनेछ । मंगलबार ११८ जनाले आफ्नो धारणा राखेका थिए ।


