
भक्तपुर । प्रहरी बृत जगाती,भक्तपुरको आयोजनामा समुदाय- प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ ।
शान्ति पूर्ण एवं सुरक्षित समाजका लागि भन्ने भावनाले गरिएको कार्यक्रममा प्रहरी बृत जगाती,भक्तपुरका प्रहरी निरिक्षक किरण प्रताप मल्लले प्रविधि मैत्री प्रहरी बनाउन लागिपरेको बताउँदै आशापुरी जस्तो धार्मिक स्थलको सुरक्षा प्रति प्रहरी संवेदनशील भएको बताए । उनले नागरीक वर्दी बिनाको प्रहरी भएको बताए ।
आफ्नो ठाउँप्रति सबै संवेदनशील भएर प्रहरीलाई सहयोग गर्नुपर्नेमा उनको जोड थियो । सुर्यविनायक नगरपालिका -८ का वडा अध्यक्ष पुस्पराज बस्नेतले नागरिक सुनुवाइ जस्तो महत्वपूर्ण कुरा प्रहरीले गर्नु अत्यन्तै सकारात्मक भएको बताए। उनले जनताका सुख सुबिस्ताको बारेमा चासो र चिन्ता जनप्रतिनिधिको रुपमा मात्र नभएर स्थानीय भएकोले आफुलाई लाग्ने बताए । वाटो निर्माणमा आइपरेका कठिनाई बारे समेत उनले बताए । आफुले आशापुरेश्वर मन्दिरको जग्गा छुट्याउन आफ्नो तर्फबाट आबश्यक सहयोग हुने उनको धारणा थियो ।
आशापुरेश्वर संरक्षण समितिका अध्यक्ष अजय तामाङले मन्दिरका समस्याहरु राखे । स्थानीय जनप्रतिनिधि,संघसंस्था प्रतिनिधि ,नागरिक समाज र स्थानीयहरुको वाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा स्थानीयहरुले प्रहरी,शान्ति सुरक्षा,विकास निर्माण लगायतका सबालमा जिज्ञासा राखेका थिए।





