
पनौती,काभ्रे । पनौती न.पा.३स्थित श्री पाटीको चौर स्वस्थ कृषि सहकारी संस्था लिमिटेडको आयोजना, समता गुप्त रोग सेवा सस्था शाखा कार्यालय पनौती, कुशादेवी हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टर प्रा.लि कुशादेवीको संयुक्त प्राविधिक सहयोगमा एक दिवसीय क्यान्सर तथा गुप्त रोग सम्बन्धि सचेतना कार्यकम सम्पन्न भएको छ ।
गाईनो तथा पायल्स तथा फिस्टुला सम्बन्धि रोगको बारेमा सम्बन्धित ,रोगका बिशेषज्ञ डाक्टर चाँदनी चन्द तथा अधिकृत राजीव वस्नेतले रोगका लक्षणहरुको बारेमा सरल भाषामा विस्तृत जानकारी गराए । संस्थाका व्यवस्थापक राजकुमार सापकोटाले संस्थाको गतिविधि तथा बिरामीले गुप्त रोगबाट धेरै दुस्ख ,कष्ट पाउने भएकाले रोग नलुकाईकन आफ्नो परिवार तथा स्वास्थ्य कर्मीलाई जानकारी गराउन आग्रह समेत गरे ।

उक्त कार्यक्रममा अधिकाँस महिलाहरुको उपस्थिति रहेको थियो।साथै उक्त दिन आगामी २०८३ भाद्र १३ गते निःशुल्क स्वास्थ्य जाच शिविर सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
प्रमुख अतिथि पनौती न.पा.३,का वडा अध्यक्ष बिष्णु प्रसाद सापकोटाले आयोजक तथा सहकार्य गर्ने संस्थाहरुलाई आगामी दिनमा पनि यस्ता सचेतना कार्यक्रम तथा स्वास्थ्य सिभवर सञ्चालन गरि स्थानीय बासिन्दालाई लाभान्वित गराउन वडा कार्यालय पनि तत्पर रहेको कुरा बताए ।
स्वागत मन्तव्य कोषाध्यक्ष पूर्णबहादुर श्रेष्ठले राखेको उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष अर्जुन सापकोटाले गरेका थिए ।
कार्यक्रम संस्थाका सचिव घमण्ड प्रसाद सापकोटाले सञ्चालनमा भएको थियो ।


