
काठमाडौँ। नेपाल सरकार र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानबीच १४ बुँदे सहमति भएको छ ।
शनिबार सम्पन्न वार्ताबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र महाअभियानबीच १४ बुँदे सहमति भएको हो ।
सहमति भएसँगै महाभियानले आयोजना गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम शनिबारबाटै अन्त्य गर्ने निर्णय भएको छ ।



