KLANG, MALAYSIA - SEP 06: Pictures from the match between Nepal and Saudi Arabia held at the Bayuemas Oval on September 06, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौँ । आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बिहीबार सार्वजनिक गरेको वरीयतामा नेपाल १६औँ स्थानमा छ । यसअघि नेपाल १७औँ स्थानमा थियो ।
नेपालले ९३९ अंक र २८ रेटिङ प्राप्त गरेको छ ।
भारत वरीयताको शीर्षस्थानमा कायम छ । यसैगरी, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अस्ट्रेलिया, पाकिस्तान, इंग्ल्यान्ड, श्रीलंका, अफगानिस्तान, बंगलादेश र वेस्ट इन्डिज क्रमशः दोस्रोदेखि १०औँ स्थानमा छन् ।


