
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले बंगलादेशका २३औं राष्ट्रपति मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित भएकामा उनलाई बधाई दिएका छन्।
राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र बङ्गलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहोर्याएका हुन्।


