
काठमाडौँ। नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औं महाधिवेशनको गतिविधि तत्काल रोक्न माग गर्दै गरेको निवेदन फिर्ता ल्याएको छ।
पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट पेस भएको निवेदन पेस भएको थियो।
सर्वोच्चले उक्त निवेदन अध्ययनका लागि राख्ने र बाँकी प्रक्रिया सोमबार मात्रै अघि बढाउने जानकारी गराएको थियो। तर, देउवा समूहले शुक्रबार साँझ उक्त रिट निवेदन नै सच्याउन भन्दै फिर्ता लगेको हो।
‘आज निवेदन पेस हुन आएको थियो। प्रशासनले अध्ययनका लागि भनेर राखेको थियो। तर पछि साँझ उहाँहरू आएर केही सच्याउनुपर्ने भनेर लिएर जानु भएको छ,’ सर्वोच्च अदालतक प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन् ।
देउवा र खड्काले आज वारेसमार्फत रिट पेस गरेका थिए। देउवाको तर्फबाट दीपक खड्का र पूर्णबहादुर खड्काको तर्फबाट अधिवक्ता श्रवण श्रेष्ठ सर्वोच्च पुगेका थिए।

