
सुर्खेत । नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री नियुक्त भएको तीन साता पछि कर्णाली प्रदेश सरकार विस्तार भएको छ ।
नेकपा एमालेबाट सरकारमा सहभागी हुने तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनीहरूलाई बुधबार साँझ एक समारोहकाबीच प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्दै टेकराज पछार्इँले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।




