
काठमाडौँ। नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट सुरु हुँदै छ । भेला काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुनेछ ।
बिहान साढे ११ बजे भेलाको उद्घाटन तत्कालीन सभापति शेरबहादुर देउवाले गर्ने प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले बताएका छन् ।
भेला साउन ३१ गतेसम्म चल्नेछ ।
भेलाको संयोजक पूर्वमहामन्त्री डा. शशांक कोइराला छन् ।


