
काठमाडौँ।साउनमा लगातार कुखुराको मासुको मूल्य उकालो लागेको छ ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार आज शुक्रबारदेखि लागु हुने गरी फेरि मूल्य बढाइएको हो ।
यसअघि प्रतिकिलो २ सय ३० रुपैयाँ रहेको जिउँदो कुखुराको मूल्य १० रुपैयाँले बढाएर २ सय ४० पुर्याइएको छ ।
यसअघि तयारी मासु प्रतिकिलो मूल्य ३ सय १५ रुपैयाँ थियो।आज शुक्रबारदेखि तयारी मासुको मूल्य ३ सय ३० रुपैयाँ पुगेको संघले बताएको छ ।
