
विराटनगर । कोसी प्रदेश सरकारमा कांग्रेसबाट प्रतिनिधित्व गरिरहेका मन्त्रीहरू आइतबार (साउन २४) सम्ममा फिर्ता हुने भएका छन् ।
नेपाली कांग्रेस कोसी संसदीय दलका नेता उद्धव थापाले कांग्रेसका मन्त्रीले राजीनामा दिने तयारी भएको जानकारी दिएका छन् ।
‘‘शुक्रबार मन्त्रिपरिषद्को बैठक छ,’’ थापाले भने, ‘‘हाम्रा मन्त्रीहरूलाई सरकारमा बस्ने इच्छा छैन । अब फिर्ता हुनु हुनेछ ।’’
सरकारको कामकारबाहीले ढिलो भएको भन्दै उनले पहिले नै फिर्ता हुन पार्टीले निर्देशन दिइसकेको बताए ।
एमाले–नेकपा गठबन्धनपछि अन्य प्रदेशमा कांग्रेस सरकारबाट बाहिरए पनि कोसीमा बाँकी छ ।


