
काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ ।
अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार हुनेछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
लेखा समितिको बैठकमा प्राप्त उजुरीमाथि छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो २ बजे बस्नेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
आजै बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्दै छ ।
बैठकमा साइबर सुरक्षाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

